काठमाडौं । डिभाइसमा मालवेयर पस्दा २२ हजार बढी नेपालीको डिजिटल वालेट अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्य बाहिरिएको छ । साइबर सुरक्षा विश्लेषक विजय लिम्बुले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इसेवा प्रयोगकर्ताका अकाउन्ट ह्याक भएका छन् ।
विश्लेषक लिम्बुका अनुसार ह्याकरको नियन्त्रणमा पुगेका अकाउन्टमध्ये १५,४२० इसेवा, ५,८७१ खल्ती र १,४५३ आइएमई पेका अकाउन्ट रहेका छन् ।
त्यसैगरी ह्याकरले कम्बो लिस्ट (डेटा ब्रिचमार्फत विशेष फर्म्याटमा उपलब्ध युजरनेम र पासवर्ड) प्रयोग गरी ५५ हजारभन्दा बढी डिजिटल वालेट अकाउन्ट ह्याक गरेका छन् । तीमध्ये ३८ हजार ५७५ इसेवा, १३ हजार ६६० खल्ती र तीन हजार ५४७ आइएमई पेका अकाउन्ट छन् ।
त्यसबाहेक साइबर आक्रमणका अन्य विधि (जस्तै; फिशिङ र सोसल इन्जिनियरिङ) मार्फत थप ७,६३१ अकाउन्ट ह्याक भएका छन् । तीमध्ये ५,१११ इसेवा, २,५१३ खल्ती र ७ आइएमई अकाउन्ट ह्याकरको नियन्त्रणमा पुगेको लिम्बुले उल्लेख गरेका छन् ।
यसरी कूल ५९ हजार १०६ इसेवा, २२ हजार ०४४ खल्ती र ५,००७ अकाउन्ट आइएमई पेका अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया